• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

दाङमा ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार, दुईजना पक्राउ

सुदूर लाइभ ✍️ सुदूर लाइभ
साउन ५, २०८०
0
बाल यौन दुर्व्यवहार गरेको आरोपमा आलितालबाट २६ बर्षिया युवक पक्राउ
विज्ञापन

दाङ: तुलसीपुरमा मध्यराति ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको छ।

विज्ञापन

बिहीबार मध्यराति तलुसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कभित्र पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीय वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जानकारी दियाे।

प्रहरीका अनुसार बलात्कार गरिरहेकै अवस्थामा दुईजना युवा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका- १५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका-७ का २० वर्षीय रेशम विक रहेका छन्।

उनीहरूलाई बसभित्र वृद्धामाथि पालैपालो बलात्कार गरिरहेकै अवस्थामा मध्यराती १२ बजे पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।

अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक सन्तोष आचार्यको नेतृत्वमा खटिएको तीन जनाको टोली र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक सुशान्त मिश्रको कमान्डमा खटिएको ६ जनाको टोलीले पीडित वृद्धालाई उद्धार गरी दुई युवकलाई पक्राउ गरेको हो।

वृद्धाको उद्धार गरी राति नै स्वास्थ्य परीक्षण गरी तुलसीपुरकै सेफ  हाउसमा राखिएको प्रहरीले जानकारी दिएको छ।

डिएसपी मल्लका अनुसार पीडित महिला आँखाको उपचार गर्न तुलसीपुर आएकी थिइन्। बसपार्क छेऊमा उभिएकी उनलाई ती युवकहरूले ‍फकाएर बसभित्र लगेका थिए।

बसभित्र पुर्‍याएर बलात्कार गर्न थालेपछि वृद्धा चिच्याएकी थिइन्। उनी चिच्याएको आवाज सुनेर बाटो हिँड्ने सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए।

‘एक जना महिला बसभित्र रोइ कराइ गरिरहेकी छन्, त्यहाँ तपाईं छिटो पुग्नु पर्‍यो भनेर मलाई एकजना सर्वसाधारणले सूचना दिएका थिए,’ एक प्रहरी अधिकारीले भने ‘ त्यसपछि मैले तुरून्त इप्रका तुलसीपुरमा फोन गरी थप सहयोग मागेर घटनास्थल पुग्दा हामीले बलात्कार गरिरहेकै अवस्थामा दुई युवकलाई पक्राउ गरी महिलाको उद्धार गरेका हौं।’

प्रहरीका अनुसार ती वृद्धासँग खान र बस्न पैसा थिएन। पैसा नभएपछि बसपार्क क्षेत्रमै यताउती डुल्ने र उभिने गरिरहेकी थिइन्। त्यही मौकामा ती युवकहरूले ललाइफकाइ बसभित्र पुर्‍याएर बलात्कार गरेको डिएसपी मल्लले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए।

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

नवलपरासी बस दुर्घटनामा ६ जनाको मृत्यु, अछाम र बाजुराका दुईसहित १० घाइते
देश/राष्ट्रिय

नवलपरासी बस दुर्घटनामा ६ जनाको मृत्यु, अछाम र बाजुराका दुईसहित १० घाइते

अशोज १७, २०८३
त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु
देश/राष्ट्रिय

त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु

अशोज ६, २०८३
रसुवा बाढीः डडेल्धुराका १७ जना अझै बेपत्ता, ६ जना आए सम्पर्कमा
देश/राष्ट्रिय

बाढीमा ज्यान गुमाएको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

भदौ २२, २०८३
इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना क्यासिनोबाट पक्राउ
देश/राष्ट्रिय

इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना क्यासिनोबाट पक्राउ

भदौ २१, २०८३
बाढीको जोखिम नरहेको सूचनापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पुनः सञ्चालनमा
देश/राष्ट्रिय

बाढीको जोखिम नरहेको सूचनापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पुनः सञ्चालनमा

भदौ १४, २०८३
बाल यौन दुर्व्यवहार गरेको आरोपमा आलितालबाट २६ बर्षिया युवक पक्राउ
देश/राष्ट्रिय

‘जेनजी’ आन्दोलनमा फरार २१ बर्षिया कैदी ६१ वर्षीया महिलालाई बलात्कार आरोपमा पक्राउ

भदौ ९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग