• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

अब गन्यापधुराले ६ करोड ५३ लाखको आधुनिक भवनबाट प्रशासकीय सेवा दिने

सुदूर लाइभ ✍️ सुदूर लाइभ
अशोज २५, २०८३
0
अब गन्यापधुराले ६ करोड ५३ लाखको आधुनिक भवनबाट प्रशासकीय सेवा दिने
विज्ञापन

डडेल्धुरा । गन्यापधुरा गाउँपालिकाले तीन सभाहल र ३६ कोठा भएको आधुनिक प्रशासकीय भवनबाट सेवा प्रवाह गर्ने भएको छ। गाउँपालिका–२ गणेशपुरमा निर्माण गरिएको उक्त भवनको आइतबार गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले उद्घाटन गरेका हुन्।

विज्ञापन

६ करोड ५३ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको भवनको अध्यक्ष कार्कीले रिबन काट्नुका साथै शिलालेख अनावरण गरेर उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा धार्मिक विधिअनुसार पूजाआजा समेत गरिएको गाउँपालिका–२ का वडाध्यक्ष मनोज देउवाले जानकारी दिए।

यसअघि भाडाको घरबाट प्रशासनिक सेवा सञ्चालन गर्दै आएको गाउँपालिकाले पछिल्लो समय कृषि तथा पशु सेवा एकीकृत भवनबाट सेवा दिँदै आएको थियो। नयाँ प्रशासकीय भवन सञ्चालनमा आएपछि सेवाग्राहीलाई सेवा लिन सहज हुने र कार्यालयको कामकाज थप व्यवस्थित बन्ने गाउँपालिका अध्यक्ष कार्कीले बताए।

अध्यक्ष कार्कीका अनुसार गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद, सडक, सिँचाइ, खानेपानी तथा कृषि पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। पाँच वडा रहेको गाउँपालिकामध्ये चार वडामा आफ्नै वडा कार्यालय भवन निर्माण भइसकेका छन्। गाउँपालिकामा एमबीबीएस चिकित्सकसहितको १० शय्याको आधारभूत अस्पताल र दुई वटा शीतभण्डारसमेत सञ्चालनमा रहेका छन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलिप तामाङका अनुसार प्रशासकीय भवन निर्माणका लागि २०७८ पुस २२ गते ठेक्का सम्झौता गरिएको थियो। २०८१ पुस २० गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि सङ्घीय सरकारबाट साझेदारीबापतको रकम समयमै उपलब्ध नहुँदा निर्माणमा करिब दुई वर्ष ढिलाइ भएको हो।

भवन निर्माणका लागि ६ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। गाउँपालिकाको स्वामित्वमा रहेको ११ रोपनी जग्गामध्ये आठ रोपनी क्षेत्रफलमा भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत तामाङले बताए।

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस
सुदूरपश्चिम

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

कार्तिक ४, २०८३
दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य
सुदूरपश्चिम

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

कार्तिक ३, २०८३
क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल
सुदूरपश्चिम

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

कार्तिक ३, २०८३
भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ
फ्ल्यास

भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ

कार्तिक २, २०८३
चाडपर्वअघि आलितालमा बजार अनुगमन, कालोबजारी र म्याद गुज्रिएका वस्तुमाथि निगरानी
सुदूरपश्चिम

चाडपर्वअघि आलितालमा बजार अनुगमन, कालोबजारी र म्याद गुज्रिएका वस्तुमाथि निगरानी

अशोज २९, २०८३
गगन कांग्रेस डडेल्धुरा नेता साँउदको कम्पनी फेरि कालोसूचीमा, यसपटक ३ वर्षको प्रतिबन्ध!
सुदूरपश्चिम

गगन कांग्रेस डडेल्धुरा नेता साँउदको कम्पनी फेरि कालोसूचीमा, यसपटक ३ वर्षको प्रतिबन्ध!

अशोज २७, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ

भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ

✍️ सुदूर लाइभ
कार्तिक २, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग