डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–५ मा जंगली बँदेलले धानबाली नष्ट गरेको छ। जंगली बँदेल खेतमा पसेर धानबालीमा क्षति पुर्याएपछि स्थानीय किसान चिन्तित बनेका छन्।
समाजसेवी तथा स्थानीय कृष्ण जोशीका अनुसार जंगली बँदेलले उहाँले लगाएको धानबाली पूर्ण रूपमा नष्ट गरेको छ। त्यस्तै, वडाका अन्य १२ परिवारको धानबालीमा समेत आंशिक क्षति पुर्याएको उनले जानकारी दिएका छन्।
वर्षभरि मेहनत गरेर लगाएको धानबाली जंगली जनावरले नष्ट गरेपछि किसानलाई खाद्यान्नको चिन्ता थपिएको छ। जंगली बँदेलको बढ्दो गतिविधिले खेतीपाती जोगाउनसमेत समस्या भइरहेको स्थानीयको भनाइ छ।
किसानले भोग्नुपरेको क्षतिको यकिन विवरण तथा राहत र क्षतिपूर्तिको विषयमा भने थप जानकारी आउन बाँकी छ।










