डडेल्धुरा। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्।
जोशीले ३५ वर्षमुनि युवा खुला, सुदूरपश्चिम प्रदेशतर्फ केन्द्रीय सदस्य पदका लागि विधिवत् रूपमा उम्मेदवारी दर्ता गरेको जानकारी दिएका छन्।
उम्मेदवारी दर्तापछि उनले कांग्रेसका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूबाट साथ, सहयोग, सुझाव र शुभेच्छा प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।
जोशी परशुराम नगरपालिकाका वर्तमान नगरप्रमुख हुन्। कांग्रेसको १५औँ महाधिवेशनमा युवा प्रतिनिधित्वलाई बलियो बनाउने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।










