डडेल्धुरा । निरन्तर वर्षासँगै जोगबुडा स्थित पुन्तुरा खोलामा पानीको बहाव बढेपछि परशुराम नगरपालिका–६, रामपुरकी एक सुत्केरी महिलालाई जोगबुडा प्रादेशिक अस्पताल ल्याउन कठिनाइ भएको छ।
खोलामा पानीको बहाव बढेपछि जेसीबीको सहायताले खोला तारेर सुत्केरी महिलालाई अस्पताल ल्याइएको हो। उनलाई अस्पतालसम्म पुर्याउन नगर प्रहरी तथा सवारी चालकहरूले सहयोग गरेका छन्।
यसैबीच, गत भदौमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा परशुराम नगरपालिकाका नगरप्रमुख भरत जोशी बडायरले आफूले गरेका विभिन्न कामको उदाहरण दिँदै उपलब्धिहरूबारे चर्चा गरेका थिए। तर अहिले भने वर्षायाममा खोलाको बहाव बढ्दा सुत्केरी महिलासमेत जेसीबीको सहारामा खोला तारेर अस्पताल पुर्याउनुपर्ने अवस्था देखिएको छ।
स्थानीयका अनुसार वर्षायाममा पुन्तुरा खोलामा पानीको बहाव बढ्दा आवतजावतमा समस्या हुने गरेको छ। सुत्केरी, बिरामी तथा आकस्मिक अवस्थामा रहेका नागरिकलाई सहज रूपमा स्वास्थ्य संस्थासम्म पुर्याउन सुरक्षित आवतजावतको व्यवस्था आवश्यक देखिएको छ










