डडेल्धुरा । नेपाली कांग्रेस परशुराम नगर अधिवेशनलाई लिएर पार्टीभित्रै असन्तुष्टि चर्किएको छ। कांग्रेस नेता तथा वडा सदस्य जयबहादुर साउँदले आज सम्पन्न नगर अधिवेशनलाई नगर सभापति तथा नगरप्रमुख भरत बडायर जोशीको व्यक्तिगत स्वार्थ केन्द्रित अधिवेशनको आरोप लगाएका छन्।
साउँदका अनुसार, ‘सोझो–साझा राजनीति हुँदैन, आजको नगर अधिवेशन भरत बडायर जोशीको मात्र हो।’ उनले जोशीले आफ्नै मनमर्जीअनुसार अधिवेशन सञ्चालन गरेको आरोपसमेत लगाए।
साउँदले अधिवेशनमा आफूलाई कुनै जिम्मेवारी नदिइएको विषयमा असन्तुष्टि जनाएको देखिन्छ। उनले पार्टीको नगर अधिवेशन सबैलाई समेटेर अघि बढ्नुपर्नेमा व्यक्तिगत स्वार्थ र गुटगत प्रभावमा सञ्चालन गरिएको आरोप लगाए।
समाजिक सञ्जालमा उल्लेख उनको भनाइले परशुराम कांग्रेसभित्र नेतृत्वको कार्यशैली र संगठन सञ्चालनलाई लिएर असन्तुष्टि बढेको देखाएको छ।










