डडेल्धुरा । गन्यापधुरा गाउँपालिकाले प्रसिद्ध धार्मिकस्थल लाटागन्याप देवताको शिखर मेलाका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाले जारी गरेको सार्वजनिक बिदासम्बन्धी सूचनाअनुसार २०८३ असोज ८ गते बिहिबार शिखर मेला लाग्ने भएकाले उक्त दिन गाउँपालिकाको कार्यालय, मातहतका सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिइएको हो।
लाटागन्यापको शिखर जात गन्यापधुरा–४ को महाभारत वन क्षेत्रमा लाग्ने महत्वपूर्ण धार्मिक मेला हो। मेलामा विभिन्न स्थानबाट देउरो ल्याउने तथा परम्परागत पूजाआजा गर्ने चलन रहेको छ। 










