दार्चुला: दार्चुलाको दुहुँ गाउँपालिका–१ पिपलचौरीकी २८ वर्षीया बिन्दु जोशी तीन दिनदेखि सम्पर्कविहीन भएकी छन्।
भदौ २९ गते दिउँसो करिब २ बजे महाकाली नदी किनार तङ्लेको तल्लो वनतिर घाँस काट्न गएकी जोशी साँझसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो। तर, अहिलेसम्म पनि उनी फेला परेकी छैनन्।
परिवारले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाको समन्वयमा खोजी कार्य भइरहेको जनाएको छ।










