डडेल्धुरा । समाजसेवी तथा युवा विश्व हिन्दु युवा संघ डडेल्धुरा जिल्ला कार्यसमिति अध्यक्ष रोहन ऐरले छोरी ओजस्वी ऐरको जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।
परशुराम नगरपालिका–१ कलेनास्थित समैजी आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका ११८ जना विद्यार्थीलाई ऐरले शैक्षिक सामग्री वितरण गरेका हुन्।
प्रत्येक विद्यार्थीलाई दुई थान कापी र एक थान कलम वितरण गरिएको विद्यालयले जनाएको छ। छोरीको जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले सामग्री वितरण गरिएको हो।










