• Front
  • Unicode
  • हाम्राे समूह
Sudur Live
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Sudur Live
No Result
View All Result

बैतडीका बोहरासहित ५ जना हात्तीको दाह्रासहित काठमाडौँमा पक्राउ

सुदूर लाइभ ✍️ सुदूर लाइभ
जेष्ठ २१, २०८३
0
बैतडीका बोहरासहित ५ जना हात्तीको दाह्रासहित काठमाडौँमा पक्राउ
विज्ञापन

काठमाडौँः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार (हात्तीको दाह्रा) सहित पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

विज्ञापन

पक्राउ पर्नेमा बैतडीको डिलासैनी गाउँपालिका–३ का २४ वर्षीय पुरन बोहरा, काठमाडौँ तार्केश्वर नगरपालिका–९ का २५ वर्षीय राजीव महर्जन, काठमाडौँ महानगरपालिका–१७ का २७ वर्षीय आयुष महर्जन, गोरखाको अजिरकोट गाउँपालिका–४ का २० वर्षीय सन्तबहादुर भुजेल र सोही जिल्ला धार्चे–४ का २६ वर्षीय टेकप्रसाद गुरुङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक शरत्कुमार थापाक्षेत्रीले जानकारी दिए। 

उनले भने, ‘काठमाडौँको मनमैजु क्षेत्रमा राजीव महर्जन समेतका व्यक्तिहरूले अवैध रूपमा वन्यजन्तु हात्तीको दाह्रा ओसारपसार बिक्री वितरण तथा सञ्चय गरिराखेको सूचनाका आधारमा हाम्रो टोलीले उनीहरुलाई पक्राउ गरेको हो।’

राजीव महर्जनको घरको पूर्वतर्फ रहेको खाली जग्गामा गाडेर राखेको अवस्थामा हात्तीको दाह्रा दुई थान र निजको घर कोठामा ट्रमाडोल–५० लेखिएको लागुऔषध १५० क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका राजीव महर्जन, आयुष महर्जन र टेकप्रसाद गुरुङलाई लागुऔषध नियन्त्रण ऐन २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिमको कसुरमा एवं पुरन बोहरा र सन्तबहादुर भुजेललाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि आजै जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ र डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँ पठाइएको प्रवक्ता थापाक्षेत्रीले बताए।

 

सुदूर लाइभ

सुदूर लाइभ

सुदूरलाइभ डटकम श्रमजिवि र उत्पिडित जनताको आवाज बोक्दै सुदुर नेपालबाट प्रकाशित डिजिटल पत्रिका हो ।

सम्बन्धित Posts

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते
सुदूरपश्चिम

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

कार्तिक ५, २०८३
सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस
सुदूरपश्चिम

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

कार्तिक ४, २०८३
दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य
सुदूरपश्चिम

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

कार्तिक ३, २०८३
क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल
सुदूरपश्चिम

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

कार्तिक ३, २०८३
भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ
फ्ल्यास

भाइलाई छुटाउन ३० करोडको ‘डिल’ गरेको आरोप, डडेल्धुराका सुशील पक्राउ

कार्तिक २, २०८३
चाडपर्वअघि आलितालमा बजार अनुगमन, कालोबजारी र म्याद गुज्रिएका वस्तुमाथि निगरानी
सुदूरपश्चिम

चाडपर्वअघि आलितालमा बजार अनुगमन, कालोबजारी र म्याद गुज्रिएका वस्तुमाथि निगरानी

अशोज २९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

फेसबुक पेज

नयाँप्रकाशित

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

डडेल्धुरा आउदै गरेको इभीले धनगढीमा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

✍️ सुदूर लाइभ
कार्तिक ५, २०८३
0

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

सरकारी मानो खाएर रास्वपाको भजन गाउने शिक्षक महतालाई कारबाही सिफारिस

✍️ सुदूर लाइभ
कार्तिक ४, २०८३
0

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

दार्चुलाको अपि हिमालमा कात्तिक १७ देखि पर्यटन उत्सव, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित गरिमा घिमिरेद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

✍️ सुदूर लाइभ
कार्तिक ३, २०८३
0

याे सुदूर लाइभ मिडिया प्रालिद्वारा संचालित डिजिटल पत्रिका हो ।

सुचना तथा प्रसारण विभाग दर्ता नं. - ५२९४-२०८२/२०८३

सम्पादक : कृष्ण बहादुर भट्टराई

सह-सम्पादकः मनाेज रावत

ठेगानाः अमरगढी-५, डडेल्धुरा

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग