डडेल्धुरा: डडेल्धुराको भित्रीमधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका–४ कटालमा खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । भागेश्वर माध्यामिक विद्यालय कटालको आयोजनामा पुरुष र महिला खुल्ला भलिबल प्रतियोगिता हुने भएको हो।
विद्यालयको स्वर्ण जयन्ती तथा अभिभावक दिवसका अवसरमा भलिबल प्रतियोगिताको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’ले जानकारी दिए। उनका अनुसार पुरुष खुल्ला भलिबल प्रतियोगिताको विजेताले ३ लाख रुयैयाँ प्राप्त गर्नेछ।
उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टिमले ७५ हजार रुपैयाँ पुरस्कार पाउने अध्यक्ष मालले बताए। यसका साथै ट्रफी, मेडल र प्रमाणपत्रसमेत दिइनेछ। पुरुष भलिबलतर्फ टिम दर्ता शुल्क ७ हजार ५ सय राखिएको छ।
महिला भलिबलतर्फ प्रथम हुने टिमले १ लाख पचास हजार रुयैयाँ, द्धितीयले ७५ हजार र तृतीय हुने टिमले ५० हजार रुयैयाँ प्राप्त गर्ने अध्यक्ष मालले जानकारी दिए। महिला भलिबलतर्फ टिम दर्ता शुल्क ४ हजार तोकिएको छ। पुरस्कारमा नियमानुसार कर कट्टी गरिने छ ।
प्रतियोगितामा जुनसुकै राष्ट्रका नागरिकले पनि सहभागि हुन पाउने छन् । हामीले उत्कृष्ट विधागत पुरस्कारको रूपमा ट्रफी र प्रमाणपत्र दिनेछौँ,’ अध्यक्ष मालले भने, ‘सबै खेलप्रेम खेलाडीलाईहरू प्रतियोगितामा सहभागिता जनाइदिन हुन पनि अनुरोध गर्दछु।’ प्रतियोगिता २८ माघदेखि २ फाल्गुुन सम्म संचालन हुने आयोजकले जनाएको छ।
भलिबल प्रतियोगिता सम्बन्धि सुचना : 
नोट: यस अघि नेपाली खेलाडीले मात्रै सहभागि हुन पाउने भनि प्रसारण गरिएको समाचार विद्यालयका अध्यक्ष शेर सिंह माल डायमण्डका अनुसार सच्याइएको छ । सम्पादक










