काठमाडौं: देशका केही स्थानमा आउँदो सोमबार (पुस २२) पानी पर्ने सम्भावना छ।
पश्चिम नेपालका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा वर्षाको सम्भावना छ। यी तीनै प्रदेशका एक/दुई स्थानमा पानी पर्न सक्ने महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए।
उनका अनुसार उक्त दिन यी प्रदेशमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रहनेछ। त्यससँगै हल्का हिमपात र वर्षाको सम्भावना रहेको उनले बताए।
पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना देखिएको हो। वर्षाको मजबुत सम्भावना भने नरहेको उनले स्पष्ट पारे।










