डडेल्धुरा — परशुराम नगरपालिका–११ का विभिन्न विकास तथा पूर्वाधारसम्बन्धी योजना लिएर युवा समाजसेवी कमल बहादुर भाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट समक्ष पुगेका छन्।
भाटले मुख्यमन्त्रीको कार्यालयमा निवेदन पेश गर्दै वडा नं. ११ अन्तर्गतका विभिन्न टोल तथा बस्तीका सडक, विद्यालय, सिँचाइ, खानेपानी तथा अन्य पूर्वाधार विकासका योजनामा आवश्यक बजेट विनियोजन गरिदिन माग गरेका हुन्।
स्थानीय आवश्यकताका योजनालाई प्रदेश सरकारसम्म पुर्याउँदै बजेटका लागि पहल गरिएको भाटले बताएका छन्। परशुराम–११ का जनताका विकाससम्बन्धी आवश्यकतालाई प्राथमिकताका साथ सम्बन्धित निकायसम्म पुर्याउने उद्देश्यले आफूले पहल गरेको उनको भनाइ छ।
उनि २०७९ सालको स्थानिय तहको निर्वाचनमा वडा अध्यक्षमा ६ मतले मात्रै पराजित भएका थिए । निर्वाचनमा पराजित भएपनि भाट निरन्तर समाजसेवामा रहेका छन् ।











