डडेल्धुरा । नेपाली कांग्रेसभित्र पूर्वसभापति शेरबहादुर देउवा पक्ष र विपक्ष गगन थापा बीच विवाद चर्किरहेका बेला अमरगढी नगरपालिकाका अधिकृत लालबहादुर साउँदको फेसबुक स्टाटस विवादमा परेको छ।
साउँदले आफ्नो फेसबुकमा डडेल्धुराका गगन थापा पक्षलाई लक्षित गर्दै शक्ति दुरुपयोग गरेको, जनतालाई भ्रममा राखेको र स्वार्थ पूरा नभएपछि बाटो बदल्ने गरेको आशयको कडा टिप्पणी गरेका छन्। स्टाटसको अन्त्यमा उनले ‘साले खातेहरू’ लगायतका आपत्तिजनक शब्द प्रयोग गरेका छन्।
डडेल्धुरामा कांग्रेसको अधिवेशनलाई लिएर देउवा पक्ष र विपक्षी धारबीच विवाद भइरहेका बेला आएको उक्त स्टाटसलाई देउवाको विपक्षमा उभिएका नेता–कार्यकर्तालाई लक्षित अभिव्यक्तिका रूपमा चर्चा गरिएको छ। यद्यपि, साउँदको स्टाटसमा कुनै व्यक्तिको नाम भने उल्लेख छैन।
स्टाटसमा प्रतिक्रिया दिँदै गणेशबहादुर मगरले ‘नेपाल सरकारको अधिकृत मान्छे यस्तो बोल्न मिल्छ?’ भन्दै प्रश्न गरेका छन्।
अमरगढी नगरपालिकाको आधिकारिक वेबसाइटमा साउँदलाई प्रशासकीय अधिकृत (सातौँ) का रूपमा उल्लेख गरिएको छ।
सरकारी सेवामा रहेका कर्मचारीले सामाजिक सञ्जालमा राजनीतिक प्रकृतिको विषयमा यस्तो आपत्तिजनक भाषा प्रयोग गरेको विषयले सामाजिक सञ्जालमा समेत बहस सिर्जना गरेको छ।
यस अघि पनि अमरगढीका प्रमुख प्रशासकीय अधिकृत र लेखापालमाथि हातपात गरेपछि उनी प्रहरी चाैकी सम्म पुगेका थिए।
यस्तो छ साँउदले लेखेको स्ट्याटस:











